२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

सुदूरपश्चिमकी सुजल बमको तस्बिर प्रधानमन्त्रीको मोबाइलमा कैद

काठमाडौं, १३ माघ । सुदूरपश्चिमकी सुजल बमको तस्बिर प्रधानमन्त्रीले आफ्नै मोबाइलमा कैद गरेका छन् । आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भए । उनले त्यहाँ सुजलको तस्बिर कैद गरेका हुन् ।

त्यहाँ फरक क्षमता भएका बालबालिकाको जमघट थियो । सोही कार्यक्रममा सहभागि थिईन् डोटीकी सुजल बम । सुजल बहिरा कलाकार हुन् । न उनी बोल्न सक्छिन् न सुन्न ।

तर, उनको हाउभाउ हेर्दा कसैलाई लाग्दैन की उनी फरक क्षमता भएकी हुन् । कार्यक्रममा प्रधानमन्त्री उनीहरुको क्षमताको बयान गर्दै थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सुजल बम । यस्तो थुप्रो साथीहरु हुनुहुन्छ ।’

प्रधानमन्त्रीले नाम उच्चारण गर्लान भनेर बमले कल्पना गरेकी थिइनन् । सुजल बमका बुवा टेक बमले सुजलको तस्बिर प्रधानमन्त्रीले मोबाइलमा कैद गरेको समेत जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।