
अत्तरिया- गोदावरी नगरपालिका वडा नम्बर- ५ गेटामाथारू समुदायको महान पर्ब माघिको अवसरमा माघी मिलन तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालको आयोजना तथा सामाजिक बिकास मन्त्रालय को सहयोगमा उक्त कार्यक्रम भएको हो ।



राष्ट्रिय लोक संस्कृतिक प्रतिष्ठान अत्तरियाका अध्यक्ष लिलाधर बास्कोटाको सभा अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अथिती सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी रहनु भएको थियो।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथी प्रदेश सभा सदस्य चुन कुमारी चौधरी गोदावरी नगरपालीकाकी उप प्रमुख रत्ना कडायत त्यस्तै अतिथि हरुमा वडा न.५का अध्यक्ष कर्ण सिंह बोहरा सस्कृती प्रेमी डाक्टर टिएन जोशी लगायतको सहभागिता रहेको थियो ।
संस्थाकि सदस्य गौरी भट्टको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रमको सञ्चांलन लोक संस्कृतिक प्रतिष्ठानकि अत्तरियाकि सचिव गोमा ढकालले गर्नु भएको थियो ।



























