२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

काठमाडौँ : नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए । उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए । लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए । 

यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए । उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिएका छन् । लामिछाने आवद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।