२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

देश विकासका लागि नेविसंघ गाेलि खान तयार छ : सभापति हरिश महरा

देशभर अाज नेपाली काङ्ग्रेसले संसद विघनकाे विरुद्धमा वडावडामा बिराेध सभा गरेकाे छ । नेपाली काङ्ग्रेस पार्टी सभापति समेत रहेका शेर बहादुर देउवाकाे ग्रह जिल्लामा पनि सातै स्थानीय तहका सबै वडामा विराेध सभा गरेकाे छ ।

अाज भागेश्वर गाउँपालिकाकाे वडा नम्बर १ र २काे सयुक्त बिराेध सभामा बाेल्दै डडेल्धुरा नेविसंघका सभापति हरिस महराले भने ” देशकाे विकासका लागि नेविसंघ गाेलि खान समेत तयार छ , नेविसंघ सधै जनताकाे न्यायका पक्षमा रहेकाे छ।

२००७ सालमा नेपाली काङ्ग्रेसका वि पि कोइराला देखीका नेता कार्याकर्ताहरुले राणा शासन को अन्त्य गर्न २०३६/४६सालमा र २०६१/६२ को आन्दोलनमा गिरिजा प्रशाद काेईराला , सुशील कोइराला शेर बहादुर देउवा लगायतका नेता तथा कार्यकर्ताहरु र नेविसंघका नेताहरुले पुलिसको लाठी र बुन्धुकको गोलि नखाए को भए आज देशमा लोकतन्त्र र गणतन्त्र स्थपना हुनेथिएन ।

त्यस कारण आज जनताको अधिकार शुनिश्चित गर्न राष्ट्र जोगाउनु र अधिनायकवाद लाई अन्त्य गर्न फेरि हामी कुनै पनि कदममा पछाडि नहटने र देशका नागरिक लाई झुक्याएर मागेको भोट को उचित कदर र सम्मान नगरि घर भित्रको झगडाले गर्दा संसद विघटन गरि मध्याबदी को चुनावको मिति तोकेको छ । बैशाखमा ओलि सरकारले निर्वाचन गराउदैन यो उहाँको झुटो बोली हो ।

बैशाख पछि संकटकाल लगाएर पाँच बर्सको कार्यकाल खाने रणनीति मात्र हो । जसले गर्दा देशका जनताले दुख मात्र पाउदैन न कि दैश नै बर्वाद मा पार्ने सम्भावना देखिन्छ र बहिरी राष्ट्रले देशमा हस्तछेप गर्ने माैका पाउन सक्छन्।

नेविसंघले कम्युनिस्टका नराम्रा कामकाे भन्डाफोर गर्ने दिन आएकोले अब नेविसंघ रास्ट्र र जनताको रक्षाका लागि तैनाथ हुनुपर्ने समय अाएकाे छ” । कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ता , वडाका नेता तथा विद्यार्थी नेताहरुकाे सहभागिता रहेकाे थियाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।