२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

जहाजमा सेतो रङ किन लगाइन्छ ?

एजेन्सी– सन् १९८० मा अमेरिकाको विमान कम्पनीका मालिक रोबर्ट क्रेन्डलले एउटा अनौठो बचत योजना सुनाए । उनका अनुसार जहाजमा खान दिने सलादबाट ओलिभ मात्रै हटाउँदा पनि वर्षमा २८ हजार डलर बचत भएको थियो । ओलिभ हटाउँदा जहाजको वजनमा पनि कमी आएको थियो र तेलको खपत घटेको उनको भनाई थियो । 

उनको भनाई कति सत्य हो, त्यो त पुष्टि भएन तर जहाजको तौल घट्दा इन्धन खपत कम हुनु पक्का हो । 

विभिन्न अनुसन्धानका अनुसार जसरी हेर्दा सेतो, पहेंलो र गुलाबी रङ हल्का र निलो, रातो र कालो बढी गाढा देखिन्छन्, त्यसरी नै यी रङहरुको तौल पनि घटीबढी हुन्छ । कुनै पनि विमानमा रङ लगाउँदा करीब २ सय ५० देखि पाँच सय किलोग्रामसम्म लाग्छ । जसमा सेतो वा पहेंलो रङ लगाउँदा जहाजको तौलमा केही कम आउँछ । विमानमा लगाएको अन्य रङ स्पष्ट देखिन पनि सेतो रङको बेस हुनुपर्छ । 

एउटै विमानमा धेरै रङहरुको प्रयोग गर्दा विमानको तौल धेरै हुन सक्छ । विमानको तौल जति बढ्छ, इन्धन खपत त्यति नै धेरै हुन्छ । यसकारण सेतो रङको प्रयोग धेरै गरिएको हुन्छ । तर यसको अपवाद पनि छन्, जुन अस्वीकार गर्न सकिदैंन् । 

उडानको क्रममा विमान भित्र र बाहिरको तापक्रम सन्तुलित बनाउनु एउटा ठूलो चुनौती हो । यसलाई कम गराउन पनि सेतो रङको भूमिका महत्वपूर्ण हुन्छ । सेतो रङले जहाजलाई सुर्यको किरणबाट बचाउँछ । गर्मि कम हुन्छ र विमानको तापमान सन्तुलित हुन्छ । यो बाहेक सेतो रङले जहाजलाई सुर्यको रेडियसनबाट पनि बचाउँछ । यसकारण पनि विमानमा सेतो रङको प्रयोग अत्याधिक हुन्छ ।  

योसँगै सेतो रंग लगाउँदा विमानमा हुने टुट–फुट र लिकेज पनि सजिलै देख्न सकिन्छ । केही वैज्ञानिकहरु सेतो रङका कारण विमानको भिजिबिलिटी बढ्ने बताउँछन् । यसले चराहरु टाढाबाटै देख्न सकिने र चरासँग ठोक्किएर हुने दुर्घटना कम हुन सक्ने विश्वास उनीहरुको छ । 

अन्य रङको तुलनामा सेतो रङ लाखौं रुपैयाँ सस्तो पर्ने भएका कारण पनि विमान कम्पनीहरु सेतो रङलाई प्राथमिकता दिने गर्छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।