२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

कञ्चनपुरको भीमदत्तका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिन देखि बेपत्ता

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए ।

“खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ,” उनले भने ,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा छन् ।रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।