२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

यी गल्ती जसका कारण हाम्रो कपाल झरिरहेको छ

एजेन्सी– आजभोलि कपाल झर्नु महिलाहरुका लागि निकै ठूलो समस्या बनेको छ । धेरै मानिसहरु कपाल झर्नुका कारणले चिन्तामा हुन्छन् र यसबाट मुक्त हुन समाधान खोजिरहेका पनि हुन्छन् । वंशानुगत कारणले कपाल झर्ने भए पनि कहिलेकांही चाहिँ हामीले गरिरहेका गल्तीका कारण पनि कपाल झर्न सक्छ ।

यस्ता केही गल्ती जसका कारण हाम्रो कपाल झरिरहेको छः

कपाललाई निकै टाइट बाँध्नु

लामो कपाल बाँध्नु रमाइलो हुन्छ । तर, कसेर कपाल काट्दा कपाल झर्ने समस्या पनि निम्तिन्छ । खासमा यसरी कँसेर कपाल बाँध्दा कपालको जरामा निकै असर पर्छ । यसले कपाल झर्ने मात्र होइन, टाउको दुख्ने समस्या पनि निम्त्याउँछ ।

असन्तुलित खाना

असन्तुलित खाना हाम्रो शारीरिक स्वास्थ्यका लागि मात्र होइन, कपालको स्वास्थ्यका लागि पनि राम्रो मानिँदैन । धेरै खाना परिवर्तन गरियो वा पौष्टिक खाना खाइएन भने हाम्रो कपाल झर्ने समस्या झन् बढ्दै जान्छ ।

आइरनको कमी

आइरनको कमीले पनि कपाल झार्छ । आइरनको कमी हुँदा रगतमा हेमोग्लोबिनको उत्पादन कम हुन्छ । हेमोग्लोबिन कम हुनु भनेको अरु समस्या देखिनु त हुँदै हो, हाम्रो कपाललाई पनि समस्यामा पार्नु हो । यसले हाम्रो कपाल झर्ने क्रम बढाउँछ ।

केमिकलको प्रयोग

आजभोलि त कपाललाई रंग्याउनु फेसन बनेको छ । तर, कपाल रंग्याउने नाममा मात्र होइन, विभिन्न स्टायलको बनाउने वाहनामा कपालमा विभिन्न केमिकल हाल्दा पनि समस्या देखिन्छ । कपाल झर्ने समस्या छ भने यस्तो केमिकलहरुको प्रयोग गर्ने बानी तत्काल छाड्नु पर्छ ।

तातो पानीले नुहाउनु

जाडोमा तातो पानीले कपाल धुनेहरु निकै धेरै हुन्छन् । तर, लामो समय तातो पानीमा कपाल धुँदा त्यसले कपाललाई रुखो बनाउने मात्र होइन, कपाल टुक्रिने तथा कपाल झर्ने समस्या पनि बढाउँछ ।

अनावश्यक रुपमा तनाव लिनु

कपाल झर्ने मुख्य कारणमध्ये एउटा तनाव पनि हो । यदि तपाईं धेरै तनाव लिनुहुन्छ भने तपाईंमा कपाल झर्ने समस्या पनि बढी हुन्छ । सकेसम्म तनावलाई कम गर्ने हो भने कपाल झर्ने क्रम पनि विस्तारै रोकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।