२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

एक दिनमा एउटा स्याउ, डाक्टरकहाँ धाउनुपर्दैन

दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।
स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।

स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ ।

स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ, यसमा भएको पोलीफेनोलले रक्तचाप घटाउँछ ।

पेटको अग्न्याशय ९प्यानक्रियाज० मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।

स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।

स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ ।

स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ ।

स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।

स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

एजेन्सीको सहयोगमा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।