२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

नेपाल स्वयंसेवक संघ २ नम्बर प्रदेश द्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

`देशको रक्षा गर्नु नै हाम्रो अभियान´को मुल नारा सँगै नवनियुक्ति नेपाल स्वयंसेवक संघ २ नम्बर प्रदेशले जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिको सहभागीता गराई माघ ५ गते २ नम्बर प्रदेशको बारा जिल्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा नेपाल स्वयंसेवक संघ प्रशिक्षण विभागकी संयोजक बिमुन्स पौडेल ज्यु को प्रमुख अातिथ्यता र नेपाल स्वयंसेवक संघ २ नम्बर प्रदेश अध्यक्ष सुरज प्याकुरेल ज्युको अध्यक्षता रहेको, अतिथिमा Nepal volunteer association साहित्यिक संगठन केन्द्रीय अध्यक्ष सरू बस्नेत, पत्रकार राजेश शाह
२ प्रदेश सल्लाहकार छविरमण सुवेदी, कार्यक्रमको संचालन सल्लाहकार अनुप विक्रम शाही ज्युले गर्नु भएको थियो।

नेपाल स्वयंसेवक संघको विधानलाई स्पष्ट पार्दै कार्यक्रम प्रशिक्षक बिमुन्स पौडेलले अरुको सेवामा समर्पित हुनु आफ्नो भविष्य चिन्नु रहेको बताउनुभयो। उहाँले सबैभन्दा ठूलो धर्म समाज सेवा रहेको र समाजसेवा गर्दा अहित हुने सिद्धान्त कुनै धर्ममा नरहेको पनि स्पष्ट पार्नुभएको थियो।

यसै गरि २ नम्बर प्रदेशका नेपाल स्वयंसेवक संघ साथै यसका भातृ संगठनलाई सकृय भएर समाजसेवामा लाग्न अनुरोध गर्दै प्रदेश कार्यसमितिको तर्फ बाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग सदैव रहने बताउनुभयो ।
एक दिवसिय अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा प्रदेश कार्यसमिति तथा जिल्ला अध्यक्ष ज्युहरूकाे उपस्थितिमा सम्पन्न भएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।