२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

पुनर्वासमा ट्रयाक्टर दुर्घटना, २१ जना घाइते, ४ को अवस्था गम्भीर

कञ्चनपुरमा ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पुनर्वास नगरपालिकाको वडा नम्बर २ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएका भक्तजनलाई बोकेको से१त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य १७ जनाको भने स्थानीय अस्पतालमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अमर थापाले बताए। 

शनिबार बेलुका ४ बजेतिरको समयमा मोतीवस्तिबाट सीमरातर्फ आउँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको उनले बताए। उनीहरु भकुण्डाबाट उत्तरायणी पर्व मनाएर फर्किरहेको प्रवक्ता थापाले बताए। ट्रयाक्टर चालक सोही नगरपालिकाको वडा नम्बर ५ सिमरीका रामप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।