झलारी- शुक्लाफाटा नगरपालिकाको झलारी बजारमा रहेको स्मार्ट आई टी ट्रेनिङ इन्स्टिच्युटको उद्घाटन शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐरले गरेका छन ।



माघ १ गते बिहिवारका दिन स्मार्ट आई टी ट्रेनिङ इन्स्टिच्युटको उद्घाटन गरे संगै इन्स्टिच्युटले दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा आफु विश्वस्त रहेको बताउदै सस्थाको सफलताको शुभकामना समेत दिएका छन ।
करिब १० लाखको लागतमा इन्स्टिच्युट सञ्चालनमा आएको आई टी ट्रेनिङ् इन्स्टिच्युटका सञ्चालक पवन कुमार ऐरले बताए ।

वेसिक कम्प्युटर देखी अप्रेटिङ् हुँदै डिप्लोमा कोर्ष तथा ग्राफिक्स,वेव डिजाइनिं,टेली,अटो क्याड,सि एण्ड सि ++प्रोग्रामिङ सिकाइने ऐरले जानकारी दिए । विद्यार्थीहरुलाई राम्रो संग सिकाएर रोजगारीका अवसर सिर्जना गराउने संचालक ऐरले प्रतिवद्धता समेत गरेका छन।
उद्घाटन कार्यक्रममा संचारकर्मी समाजसेवी,बुद्विजिबीहरुको सहभागिता रहेको थियो । माघ २ गते बाट कक्षा संचालन हुने समेत संचालक ऐरले बताए ।


























