गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिकामा ३८ वर्षका झाँक्री राम प्रसाद श्रेष्ठले हानेको तातो पुन्युले हानेर घाइते भएका इस्मा गाउँपालिका ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको हो ।



मुखिया ढाड दुखेको समस्या लिएर झारफुक गर्न धामीको घर गएका थिए । ती धामीले उपचार गर्नेभन्दै ४ दिनसम्म केही खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हान्दा मृत्यु भएको उनका छोराले आरोप लगाएका छन् ।
Views: 160

























