डडेल्धुरा – संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई डडेल्धुरामा नारावाजी सहित कालो झण्डा देखाइएको छ। बुधबार बिहान प्रचण्ड–माधव समूहको अनेरास्ववियूले कालो झण्डा देखाएको हो।



नेकपा ओली समूहको विस्तारित बैठकमा सहभागि हुन डडेल्धुरा पुगेका मन्त्री भट्टलाई अनेरास्ववियूले जिल्ला सदरमुकाम बागबजारमा कालो झण्डा देखाएको हो।
अनेरास्ववियूले कालो झण्डा देखाउँदै ओली सरकारविरुद्ध नारासमेत लगाएको थियो। ओली समूहको विस्तारित बैठक निर्माण व्यवसायी संघको सभा हलमा केहीबेरपछि सुरु हुँदैछ।
जसमा सहभागि हुनका लागि नेकपा सुदूरपश्चिम इन्चार्जसमेह रहेका मन्त्री भट्ट र प्रदेश कमिटी अध्यक्ष कर्ण थापा डडेल्धुरा पुगिसेका छन्।
Views: 137

























