२०८३ असार २१ आईतवार
२०८३ असार २१ आईतवार

सेती नदीमा अटो रिक्सा खस्दा एकजनको मृत्यु , ४ जना घाइते

डोटी, २९ पुस । सेती नदीमा अटो रिक्सा खस्दा एकजनको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डोटीको केआईसिंह राजमार्गको बान्डुरीसैनबाट दिपायलतर्फ जादै गरेको STSTC 2-02-001SAHA5402 नम्बरको अटो सडकबाट झण्डै ७० फिट तल सेती नदीमा खस्दा शिखर नगरपालिका–२ बस्ने ५५ वर्षीय पदम जोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि चालकसहितका अटोमा सवार ४ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते हुनेमा चालक जीतबहादुर जोरा, दीपक जोरा, नरेश पार्की, र अर्जुन पार्की रहेको ट्राफिक प्रहरीले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।