२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

बाजुराको आठौं नगरसभा तथा हिउँदे अधिवेशन सोमबारबाट सुरु

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन सोमबारबाट सुरु भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ नगरपालिकाको आठौं नगर सभा तथा हिउँदे अधिवेशन सूरु भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमहरु पेश गरिएको छ । आठौं नगरसभामा नगरपालिकाको सातौँ नगर सभामा कार्यापालिकाबाट स्वीकृत भएको बडीमालिका नगरपालिका पत्रकार कल्याण कोष स्थापना तथा संचालन निर्देशिका, घर बहाल कर सम्बन्धी कार्यविधि पनि पेश गरिएको छ ।

यस्तै बडीमालिका नगरपलिका सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धि कार्यविधि, नगरपालिकाको सार्वजनिक जवाफदेहिता पर्वद्धन सम्बन्धि कार्यविधि पारित गरेको छ।

त्यस्तै, मेलमिलाप केन्द्र संचालन कार्यविधि, लैङ्गिक हिंसा निवारणको संचालन तथा व्यवस्थापन कार्यविधी, कक्षा ८ को परिक्षा संचालन तथा व्यवस्थापन कार्यविधिहरु नगरसभाबाट निर्विरोध निर्णयार्थ पारित गर्दै अनुमोदनका लागि सभामा पेश गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।