२०८३ कार्तिक ११ मंगलवार
२०८३ कार्तिक ११ मंगलवार

अत्तरिया जुनियर जेसिज २०२१ को अध्यक्षमा राज भट्ट चयन

दिपक ओझा / अत्तरिया :- अत्तरिया जुनियर जेसिज वर्ष २०२१ को अध्यक्षमा राज भट्ट निर्वाचित भएका छन । अत्तरिया जुनियर जेसिजको ४ औ शाखा अधिवेशनबाट वर्ष २०२१ का लागी अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित भएका हुन ।

अधिवेशनबाट अत्तरिया जेसिज वर्ष २०२१ को कार्यकारीणी उपाध्यक्षमा एल आर ओझा र गणेश भट्ट सर्वसम्मत निर्वाचित भएका छन भने उपाध्यक्षमा बिरेन्द्र बि सि ,श्याम धामी प्रकाश बोहरा, बर्षा अधिकारी , निर्वाचित भएका छन ।

यसैगरी कानुनी सल्लाहकारमा दिपक ओझा महासचिवमा जानुका बोहरा , कोषाध्यक्षमा पृङ्का भट्टराई , मनोनित भएका छन ।

अत्तरिया जुनियर जेसीज वर्ष २०२० का अध्यक्ष तिर्थराज उपाध्यायको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अत्तरिया जेसिज२०२० का अध्यक्ष प्रमोद अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा अत्तरिया जेसीजका संस्थापक अध्यक्ष रोसन खड्का २०१७ का अध्यक्ष देबराज ओझा लगायतको सहभागिता रहेको थियोे ।

अत्तरिया जेसीज वर्ष २०२० कार्यकारीणी उपाध्यक्ष राज भट्टको स्वागत मन्तव्य व्यक्त गरेको उद््घाटन कार्यक्रमको सञ्चालन अत्तरिया जेसीज वर्ष २०२० का महासचिव गणेश भट्टले गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।