बिगत ६ बर्ष देखि निरन्तर झलारी बजार बाट स्वास्थ्य सेवा दिदै आएको न्यु झलारी क्लिनिक एण्ड मेडिकल हलले झलारी बजारमै पहिलो पटक आधुनिक डिजिटल एक्सरे मेसिनसेवा प्रयोगमा ल्याएको छ । बुधबार देखि आधुनिक डिजिटल एक्सरे मेसिन संचालनमा ल्याएको न्यु झलारी क्लिनिक एण्ड मेडिकल हलका संचालक प्रेम बहादुर धामीले बताए ।



बिगतका दिनहरुमा झलारी बजारमा बसेर सेवा प्रदान गर्दै आएको भए पनि समय को माग र आधुनिक प्रबिधिलाई समेत सदुपयोग गरि बिरामीहरु लाई छिटो,छरिटो र गुणस्तरिय सेवा प्रदान गर्ने उद्धेश्यका साथ यो मेसिन प्रयोगमा ल्याएको संचालक धामी बताउछन ।
डिजिटल एक्सरे मेसिनले हड्डी सम्बन्धि सम्पुर्ण समस्यालाई स्पष्ट देखाउने र छिटो नतिजा प्रवाह गर्ने छ भने धनगढ़ी र महेन्द्रनगर भन्दा सस्तो मुल्यमा गुणस्तरिय सेवा प्रवाह गर्न सकिने संचालकको दावि छ ।




Views: 180

























