२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित २ जना काठमाण्डौबाट पक्राउ

स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाण्डौको थानकोटबाट दुई जना पक्राउ परेका छन् । कपिलवस्तुबाट काठमाण्डौ आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले जनाएको छ ।

उनीहरूले कारको डिक्कीमा टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ ।

भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।