कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका –४ शान्तिपुरमा ट्रयाक्टरबाट खसेर २५ वर्षीय बहादुर रानाको मृत्यु भएको प्रहरीले जनाएको हो ।



बेलौरी–कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सुपप्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेका रानाको धनगढीको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
बेलौरी नगरपालिका –१० भूडाका २३ वर्षीय चालक महेश रानालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताएका छन् ।
Views: 180


















