अत्तरिया – कैलालीको अत्तरियाबाट चरेस सहित १ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका–२ अत्तरियाको पहाड रोडबाट चरेर सहित बैतडीको दोगाडा केदार गाउँपालिका – १ का २६ वर्षिय तोरणप्रसाद जोशी पक्राउ परेका हुन ।



पक्राउ परेका जोशीको साथबाट ३ सय ३० ग्राम चरेस सहित १ लाख १२ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन ।
Views: 215

























