२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

गुल्मी/ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।
बुटवलबाट खाद्यान्न बोकेर तम्घास तर्फ आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आज विहान साढे २ बजेतिर ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको एसपी श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल मा राखिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।