२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद

बैतडी । बैतडीमा सशस्त्र प्रहरीले १ लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका ६ गाँजरीबाट बरामद गरेको हो ।

रातीको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरु भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको बताइएको छ । सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युब मार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउँदले जानकारी दिए।

बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको उनले बताए । सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथामका लागि सशस्त्र प्रहरीले नियमित रुपमा गस्ती गरिरहेको रहेको सशस्त्र प्रहरी निरीक्षक साउँदले जानकारी दिए । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि रोक्नका लागि बिओपी मार्फत पनि गस्ती गरिरहेको उनको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।