२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

नेपाली कांग्रेसले संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन सबैलाई अपील

नेपाली कांग्रेसले संसद विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ।

सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गरी संसद विघटनविरुद्ध पुस १३ गतेको हुने प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेका हुन्। कांग्रेसको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनको विरोधमा पुस १३ गते सोमबार १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको गर्ने निर्णय गरेको थियो।

देउवाले कार्यकर्ता, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता जनाउन पनि अपील गरेका छन्।

कांग्रेस पदाधिकारीको बैठकले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको पनि स्मरण देउवाले गराएका छन्।

‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ। जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफँैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।