२०८३ जेष्ठ १४ बिहीबार
२०८३ जेष्ठ १४ बिहीबार

घरघरमा हामीद्वारा सडक मानवहरुलाई सिरक-डसना वितरण

गोकर्ण पाण्डे/ गुल्मी – बुटवलमा रहेको प्रदेश सभा अगाडी सडकपेटीमा रहेका बेसाहारा सडक मानवहरुलाई ‘घरघरमा हामी’ अभियानले सिरक-डसना सेट वितरण गरेको छ ।
सामाजिक अभियानको सारथी घरघरमा हामी अभियानको ‘न्यानो कपडा वितरण’ अन्तरगत सो कार्यक्रम गरिएको संस्थाका संयोजक शिव डुम्रेले जानकारी दिए । सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात विताउनुपर्ने अवस्था रहनु निकै दु:खदायी भएको बताए । दैनिक सयौं कर्मचारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्यहरु ओहोरदोहोर गर्दासमेत कसैको आखामा पर्न नसक्नु निकै पीडादायी रहेको भन्दै उनीहरुको खाना र न्यानो कपडाको प्रबन्ध अभियानले गर्ने संयोजक डुम्रेले बताए ।
सडकको बाँस गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो । अभियानले यशअघि पनि सैनामैनाको गाउमा पुगेर न्यानो कपडा वितरण गरेको थियो भने, अब तल्लो मधेसका गाउँहरुमा न्यायो कपडा लिएर जाने जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।