काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।



संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् ।अन्लाईन खबर बाट
Views: 164

























