धनगढी, १० पुस । कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर एक युवती घाइते भएकी छन। जिल्लाको भीमदत्त नगरपालिका–९ मटैना बस्ने १६ वर्षीया बसन्ती राउटे आगो ताप्ने क्रममा शरीरमा आगो लाग्दा जलेर घाइते भएको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मानसिक अवस्था पनि ठीक नभएकी राउटे जलेर घाइते भएको बताए।
उनका अनुसार राउटेको पेट र छात जलेको छ। उनको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।
Views: 152

























