सन् २०२२ देखि इन्डियन प्रिमियर लिग आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १५औं संस्करणदेखि १० टिम बनाउने निर्णय गरेको हो ।



बिहीबार भएको बीसीसीआईको एजीएममा बीसीसीआईले उक्त निर्णय गरेको हो । यसअघि सन् २०२१ देखि नै १० टिम बनाउने तयारी भए पनि २०२२ देखिमात्र १० टिम बनाउने भएको हो ।
कोरोना महामारीका कारण आईपीएलको १३औं संस्करण युएईमा सम्पन्न भएको थियो ।
Views: 144

























