२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

नेकपामा तोकिए सात प्रदेशका संयोजक, सुदूरपश्चिमको संयोजकमा भट्ट

काठमाण्डौ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु  तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ,  लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ । 

 बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई  दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्नाका साथै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी बदर गरेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।