२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

नौ महिना देखी बेपत्ता भएकी ७४ वर्षीया श्रीमतीलाई खोज्दै

नौ महिना देखी बेपत्ता भएकी ७४ वर्षीया श्रीमतीलाई खोज्दै बागलुङका ८४ वर्षीय वृद्ध गुल्मीमा सहयोग गरिदिन हुन सबै मा अपिल दाउरा लिन गएकी श्रीमतीको अहिले सम्म कुनै खबर नआए पछि उनका ८४ वर्षीय श्रीमान बिचल्लीमा परेका छन । बाग्लुङ जिल्लाको बढिगाड गाउँपालिका वडा नम्बर १० की ७४ वर्षीया खिम सरा विक विगत नौ महिना देखी बेपत्ता भएकी हुन । श्रीमती बेपत्ता भए संगै उनका श्रीमान यति बेला उनलाई बिचल्लीमा परेका छन भने श्रीमतीको खोजिमा भौतारिएका छन । बाग्लुङ जिल्ला संगै गुल्मी ,अर्घाखाँचीका र प्युठान जिल्ला चाहार्दा समेत कतै बाट केहि खबर नआएको गुनासो गरेका छन । बुधवार श्रीमतीको तस्वीर हातमा लिएर गुल्मीको सदरमुकाम तम्घास पुगेका विकले भने ” श्रीमतीको मानसिक सन्तुलन ठिक थिएन दाउरा लिन गएकी श्रीमती अहिले सम्म घर फर्किनन ” । उनले थपे “कतै भेटिन्छनकी भनेर फोटो हातमा लिएर मानिसलाई सोधै र खोज्दै हिडेको छु कतै तपाईं हरुले देख्नु भयो भनी खबर गर्नु होला है “। संबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको गुनासो गरे । साथै फेला पार्नु हुनेले अभियान्ता हुकुम थापा – 9811428877, 9842867039 स्यम नन्दे बिकको नम्बर 9816132117 मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।