२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

प्रेम विवाह गरेको ३ दिनमै आफ्नै दाईले जङ्गलमा लगेर यसरी सकुन्तलाको ज्या’न लिए

आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको ज्यान गएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको ज्यान लिएको खुलासा भएको हो ।

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ज्या’न लिएको खुल्न आएको हो ।

ज्यान लिनुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक ध म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर ज्यान लिएको उनका श्रीमान् दिनेशले बताउनुुभयो । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुुभयो”, उहाँले भन्नुुभयो, “घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा ज्यान गएको अवस्थामा फेला पर्यो ।”

भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको ज्यान लिएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताउनुुुुभयो । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कु ु ट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उहाँले भन्नुुभयो, “आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा ज्यान लिएक हुन् ।यस घटनामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा क’डा का’रवाही गरियोस् ।”

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आउनुुभएको थियो । भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन् ।

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै द’बाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताउनुुभयो । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको घटनामा संलग्नलाई क’डा का’रवाही गर्न माग गर्नुभएको छ ।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुुभयो । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुुभयो, “उक्त ब्याक्ति नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।”

दाजुुको कु’टाइ’ बाट ज्यान गुमाएकी सकुन्तलाको श’री’रको विभिन्न भा’गमा चो ‘ट तथा नी’ल’डा’म देखिएको आफन्तले बताएका छन् । सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।