२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

लैङ्गिक नीति कानुन निर्माण र कार्यान्वयन सम्वन्धि संवाद कार्यक्रम सम्पन्न

जय ऐर/कंचनपुर- कंचनपुरकाे शुक्लाफाँटा नगरपालिका झलारिमा लैङ्गिक नीति कानुन निर्माण र कार्यान्वयन सम्वन्धि अन्तरकिर्या कार्यक्रम सम्पन्न भएकाेछ।

संवाद समूह कंचनपुरले शुक्लाफाँटा नगरपालिका का जनप्रतिनिधि, समाजसेवि, राजनिती कर्मी,सराेकारवालाविच शनिवार अन्तरकिर्या कार्यक्रमको आयोजना गरेकाे हाे।

कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटाका नगर प्रमुख दिल वहादुर ऐरले शुक्लाफाँटा नगरपालिकाले नेपालकाे संविधानकाे मुलमर्म भावनालाई अंगिकार गर्दै स्थानियतह लाई प्राप्त अधिकारकाे अधिकतम उपयाेग गरि लैङ्गिक नीति कानुन निर्माण र कार्यान्वयनमा समानता समावेशीता आधारमा अघि वढ्नेकुरामा दुईमतछैन।उनलेभने हामी समतामूलक समाजकाे परिकल्पनाका साथ समानुपातिक प्रतिनिधित्व सुनिश्चितताकासाथ अघि वढिरहेकाे जिकिर गरे।

नगरकाे नीति तथा कार्यक्रमले सवै तह तप्काका भावना समेट्ने गरि याेजना अघि वढिरहेकाे नगर प्रमुख ऐरले जनाए।कार्यक्रमा विशिष्ट अतिथि रूडुक केन्द्रिय महासचिव जाेत्सना साउदले लैङ्गिक विभेद समाज,परिवार संगै प्रत्येक व्यक्तिको मानसिकता वाटै हट्नु पर्ने हुन्छ भन्दै आमा बाबू पनिसकारात्मक साेचकासाथ अघि वढ्नसकेमा केहिहदसम्म लैङ्गिक विभेदकाे अत्यहुने वताए।उनले भने हामी सवै मानवनै हाै।

भन्ने चेतनाकाे विकास गर्नसके सवैखाले असमानता हट्दैजाने र देशकाे विकासमा टेवा पुग्ने साउदले वताए।शुक्लाफाँटाका नगर प्रवक्ता जगत सिंहले समाजमा रहेका अन्धविश्वास कुसंस्कारले समाज जकडिएकाले विभिन्न खाले विभेद व्याप्तछन्।

नगरपालिकाले सवैपक्ष संगकाे सहकार्य समुन्वय गरि व्याप्त विभेदलाई हल गर्दै अघि वढिरहेकाे वताउदै नगरपालिकाले छिट्टै लैङ्गिक नीति निर्माण गरि कार्यान्वयन ल्याउन तयारि थालेकाे सिंहले जनाए।शुक्लाफाँटाका न्यायिक समिति सदस्य उत्तरदेव भट्टले म जाँगे भने संसार जगाउन सकिन्छ,नजाँगेकालाई पनि जगाउने मेराे जिम्मेवारी हाे भन्ने उदाहरण सवैले प्रस्तुत गर्नुपर्छ।

भन्दै उनले भने अहिलेकाे मान्छेमा भएका विभिन्न खाले विकार अहमलाई हटायर मान्छेलाई वास्तविक मान्छेकाे रूपमा उभ्याउन सके सवै समस्या एकमुष्ठ हलहुने विश्वास व्यक्तगरे।

न्यायिक समितिले समानता मानवताका आधारमा सवैजसाे मुद्वाकाे छिनोफानो गरि समाजमा मेलमिलाप कायम गर्दै लैङ्गिक समानता कायम गरि जेष्ठ नागरिक फरक क्षमता भएकालाई सहुलियतपूर्ण सुविधा प्रवाहा गरेकाे भट्टले वताउनुभयाे।

कार्यक्रमका सभापति एवं संवाद समूह कंचनपुरका सहजकर्ता तुलसि जाेशिले संवाद समुहले तटस्थ निष्पक्ष रूपमा रहि गाेपनिय रूपमा भएका कामलाई संवाद मार्फत सहजिकरण गरि मिलाउने सहयागिकाे भुमिका निर्वाह गरिरहेका वताए।

उनलेभने संवाल समुहले २०७३ सालदेखि अनवरत रूपमा समाजमा हुने विभिन्न खाले विवाद मनमुटाव सामाधानका लागि सराेकारवालाविच पैरवी गर्ने भुमिका निभाउदै आईरहेकाे जाेशिले वताए।कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मि शाह,विमला सार्की,विमला चाैधरि, महिलासंघका केन्द्रिय सदस्य रमिता देउवा,मंगलादेवि प्रतिष्ठान सुपका उपाध्यक्ष चन्द्रा ओझा,नेका महासमिति सदस्य कल्पना पंन्त,लगायतकाे उपस्थिति रहेकाे कार्यक्रमको संचालन संवाल समूह कंचनपुरका जिल्ला सदस्य मधु वाेहराले गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।