२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

बेलौरी प्रहरीद्वारा एक क्विन्टल भारतीय अवैध माछा बरामद

हरिलाल जोशी/पुनर्वास – कंचनपुरको बेलौरी प्रहरीले भारतीय अवैध बैखा जातका माछाहरु बेबारिसे अवस्थामा बरामद गरेको छ । शुक्रबार दिउँसो भारतीय बजार खजुरीयाबाट नेपाल ल्याउदै गरेको एक क्विन्टल बैखा जातका अवैध माछा बेलौरी नगरपालिका-६ बाट बरामद गरेको बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल खड्काले बताए ।

प्रहरी निरीक्षक खड्काकाले स्थानीयको गुनासोका आधारमा केहिदिन देखि निरन्तर सिमानाकामा खबरदारी गर्दै आउँदा शुक्रबार भन्सार कार्यालय नजिकैको क्षेत्रबाट बेवारिसे अवस्थामा रहेकोे अवैध माछा बरामद गरेको बताए । बरामद माछा स्थानीय जनप्रतिनिधि ,क्यारेण्टाईनका प्रतिनिधि ,समाजसेवीको रहोबरमा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको पनि जानकारी दिए ।

सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको फितलो गस्तीले कोरोना भाईरसका कारण चैत महिना देखि बन्द रहेका पुनर्वास -बेलौरीका अवैध भारतीय सिमा नाकाहरुमा अवैध तस्करीको चहलपहल देखिएको छ । तर चहलपहल भएपनि यसलाई सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसक्दा पुनर्वास-बेलौरीका बजारहरुमा छ्यापछ्याप्ती भारतीय माछाहरुको बिक्री भइरहेको देखिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।