अछाम, २९ मंसिर । १७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल अछाम सिल गरिएको छ ।



अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरीएको हो । संक्रमित भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।
अस्पताल सिल गरिएपछि त्यहाँका नागरिकलाई उपचार सेवा लिनका लागि जिल्ला अस्पताल डोटी तथा कैलालीतर्फ जान थालेका छन् ।
Views: 246

























