सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।



सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले श्वासप्रश्वास र सुगर सम्बन्धी समस्या रहेकी उनको आइतबार दिउँसो मृत्यु भएको जानकारी दिए । मृतक मंसिर २२ गते अस्पताल भर्ना भएकी थिइन ।
Views: 145

























