२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ ।

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । टुर्घटनामा परी गम्भीर घाइते हुनुभएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाइ छ ।

सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफँै चढेको बसको पछाडिको चक्काले किचेको प्रमुख ढकालले जानकारी दिनुभयो । मृतकको शव आज परीक्षणपछि परिवारलाई बुझाइने उहाँले बताउनुभयो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।