२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने

नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ ।

नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी २० विश्वकप क्रिकेटका लागि खेल तालिका सार्वजनिक गरेको हो ।

महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२३ को फेब्रुअरी ९ देखि २६ तारिखसम्म दक्षिण अफ्रिकामा हुनेछ । पाँच महादेशको क्षेत्रीय छनोट सन् २०२१ को अगष्टदेखि शुरु हुने आइसिसीले जनाएको छ ।

छनोटमा पाँच महादेशका ३७ देश सहभागी हुनेछन् । छनोट प्रतियोगिता पाँचवटै महादेशमा गराइने एसिसीले जारी गरेको सूचनामा उल्लेख छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।