२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

आज सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

आज सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको भने हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

हुस्सु लागेको समयमा दुर्घटनाको जोखिम धेरै हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकोले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का पानी पर्ने र प्रदेश १ को पहाडी भूभागका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ का केही पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।