सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ४२ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार २७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।



संक्रमण पुष्टी हुनेमा ११ महिला ३१ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उप–महानगरपालिकाका थप ४ जनामा संक्रमण देखिएको जानकारी दिए।
कैलालीको लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३/३ जना, भजनी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १/१ जनामा समेत कोराना पुष्टि भएको छ।
त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

























