कञ्चनपुर, २३ मंसिर । कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन भएको छ। महाकाली पारिका तत्कालिन दोधारा र चाँदनी गाविस मिलेर बनेको यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका राख्ने निर्णय नगर सभाले गरेको हो।



नगर सभाको यो निर्णय प्रदेश सरकारको प्रदेश सभामा लगेपछि संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो।
सरकारले प्रस्ताव अनुसार नगरपालिकाको नाम दोधारा चाँदनी नामाकरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले जानकारी दिए।
उनले दोधारा चाँदनीको नामले यो स्थानीय तह परिचित रहेकोले त्यहीँ नाम राख्ने निर्णय भएको बताए।
Views: 151

























