२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलाहदुलही सहित १३ जना घाइते

धनगढीः कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलाहदुलही सहित १३ जना घाइते भएका छ्न । बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएराति ११ बजेतीर भीमदत्त राजमार्ग अन्तर्गत पर्ने जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दुलाहदुलहीसहितका १३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छ्न।
उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।