२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

बाल यौन दुरुपयोग गरेको अभियोगमा फ्रेन्च  नागरिक पक्राउ

असिम पौडेल,कास्की/ यौन दुर्व्यवहारको अभियोगमा फ्रेन्च नागरिक पक्राउ परेका छन, पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -६ खहरे लेकसाइड बस्दै आएका फ्रेन्च नागरिक  ६० वर्षीय क्रिष्चियन सर्ज हेनरी नउगारेट रहेका छन् ।

प्रहरीका अनुसार उनले पोखरा -१७ बिरौटा पावरहाउस फुस्रेखोलास्थित बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी तीनजना बालकलाई बाल यौन शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले कास्की प्रहरीको सहयोगमा पक्राउ गरेको हो  । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।

बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको ब्यूरोले जनाएको छ  ।

थप अनुसन्धानका लागि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।