नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



थप २९ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ०८ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ९ सय ११ पीसीआर परीक्षण भएका छन् ।मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।
Views: 155


















