सुदूरपश्चिम प्रदेशका थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९१ जनाको परीक्षण गर्दा थप ८२ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जनामा संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ काक ५ जना, वडा नम्बर २ का २ जना, वडा नम्बर ३, ८, १४ र वडा नखुलेका १/१ जनामा संक्रमण देखिएको छ ।
कैलालीकै टीकापुर नगरपालिकाका २९ जना, मोहन्याल गाउँपालिकाका १० जना, जोशीपुर गाउँपालिकाका ७ जना, कैलारी गाउँपालिकाका ५ जना, गोदावरी नगरपालिका र लम्किचुहा नगरपालिकाका ३/३ जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका २/२ जना, भजनी नगरपालिका र ठेगाना नखुलेका कैलालीकै १÷१ जनामा कोराना पुष्टि भएको छ ।
यस्तै डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना, डोटीको जोरायल गाउँपालिकाका १ जना, कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
उता अछामका थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कमलबजार नगरपालिकाको प्रयोगशालामा १४ नमूना परीक्षणमा गर्दा ४ जनामा संक्रमण देखिएको हो ।
प्रयोगशालका सुचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाका २÷२ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय १७ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ३ सय ३ जना डिस्चार्ज भएका छन भने हाल सम्म ३६ जना संक्रमितको मृत्यु भएको छ ।

























