सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।



श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७४ वर्षीय पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो ।
बुधबारनै कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती १२:५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनलाई श्वासप्रश्वासमा समस्या र मधुमेह (डाइबिटीज )पनि रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।
Views: 208

























