२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

डडेल्धुराको बागबजारबाट हत्या गरी फरार भएका युवक पक्राउ

डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेशबहादुर बोहरालाई पक्राउ गरेको हो ।

भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।

बोहरालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई ४ महिना १२ दिन कैद र ५ सय जरिवानाको सजाय सुनाएको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।