२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

अमरगढी नगरपालिकाले स्वास्थ्य शिक्षा अन्तरगत डिप्लोमा तहका सात वटा विषय अध्यापन गराउने

डडेल्धुरा – डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाले स्वास्थ्य शिक्षा अन्र्तगत डिप्लोमा तहका सात वटा विषय अध्यापन गराउने गरि अनुमति पाएको छ ।

गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अमरगढी नगरपालिकाले स्थानीयस्तर मै प्राविधिक कलेज स्थापना गरि स्वास्थ्य शिक्षा तर्फ डिप्लोमा तहका कार्यक्रमहरु संचालन गर्ने अनुमति प्राप्त गरेको छ ।

अमरगढी नगरपालिकाले स्वास्थ्य तर्फ डिप्लोमा तहका कार्यक्रमहरु संचालनका लागि पठाएको प्रस्ताव सिटिईभिटीबाट स्विकृत भै सकेको र यसै शैक्षिक शत्रबाट सात वटा विषय अध्यापन गराउने गरि काम अगाडी बढाईएको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका स्वकिय सचिव पंकज रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो स्वास्थ्य शिक्षा तर्फ डिप्लोमा तहका स्टाफ नर्स,ल्याव टेक्निसियन, फार्मेसि, डेन्टल, हेल्थ असिस्टेन्ट,डाईग्नासिस रेडियोलोजि, ओप्थाल्मिक असिस्टेन्ट अध्यापन यसै शैक्षिक शत्रबाट शुरु गर्ने गरि प्रक्रिया अगाडी बढेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जिवन गौतमको विशेष सहयोगमा सुदुरपश्चिम प्रदेशका कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र डडेल्धुरामा अमरगढी नगरपालिकाबाट स्थानीय तह मार्फत स्वास्थ्य तर्फ डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरु लागु गर्न थालिएको मन्त्रीका स्वकिय सचिव रावलले बताउनुभयो ।

डडेल्धुरा जिल्लाबाट पटक पटक निर्वाचित व्यक्तिहरुले डडेल्धुरा जिल्लामा प्राविधिक कलेज स्थापना गर्न नसक्दा डडेल्धुरा लगाएत सुदुरपश्चिमका पहाडि जिल्लाका कयौँ गरिब तथा जेहेन्दार विद्यार्थीहरु प्राविधिक अध्ययनबाट बञ्चित भएका थिए भने कयौँ विद्यार्थीहरुले महंगो शुल्क तिरेर अध्ययन गर्नु पर्ने बाध्यता रहेको थियो ।

अमरगढी नगरपालिकाले सात वटा स्वास्थ्य तर्फका डिप्लोमा तहका कार्यक्रमहरु अध्यापन गराउन पाउने भएपछि डडेल्धुरा लगायत सुदुरपश्चिम प्रदेशका विद्यार्थीहरुले सस्तो शुल्कमा प्राविधिक अध्ययन गर्न पाउने नगर प्रमुख ओझाले बताउनुभयो । उहाँले भन्नुभयो यस वर्ष स्वास्थ्य शिक्षा तर्फका डिप्लोमा तहका सातवटा कार्यक्रम अध्यापन गराउन पाउने अनुमति पाएका छौ अर्को वर्ष अन्य ईन्जिनियरीङ तथा फोरेष्टि विषयको अनुमतिको लागि प्रयास गर्छौ ।

डडेल्धुरा अस्पताल डडेल्धुराको प्राविधिक सहयोगमा डिप्लोमा तहका विषयहरु अध्यापन गराउने गरि अमरगढी नगरपालिकाले स्विकृति पाएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो यसै शैक्षिक शत्रबाट अध्यापन गराउने गरि नितिगत तथा अन्य निर्णयहरु भै रहेको छ समयमै पुर्वाधार तयार गर्न सके यसै शैक्षिक शत्रबाट र नत्र आगामी शैक्षिक शत्रबाट अध्यापन शुरु गर्छौ ।

अमरगढी नगरपालिकामा विश्वेश्वर प्रसाद ओझा निर्वाचित भएपछि जनतालाई विकास र समृद्धिको अनुभूति गराउदै आउनु भएको छ ।

उहाँले पर्यटन प्रवद्र्धनका लागि विभिन्न पर्यटकिय क्षेत्रहरुमा पर्यटन पुर्वाधार विकासलाई पनि विशेष प्राथमिकताका साथ अगाडी बढाउनु भएको छ ।

अमरगढी नगरपालिकाले डडेल्धुरा लगायत सुदुरपश्चिमका गरिब विपन्न तथा अन्य वर्गका विद्यार्थीहरुलाई सस्तो शुल्कमा अध्यापन गराउने गरि प्राविधिक कलेज स्थापना गर्ने कार्य प्रसंशनीय रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।