धनगढी, २ मंसिर । सेतीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा २२ जनाको परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढीका दुई महिला र तीन पुरुष रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।
Views: 191

























