२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

कैलालीमा सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

धनगढी, १ मंसिर । कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका–५ राजीपुरका बर्ष २८ का  प्रेम शाही रहेका छन् ।

उनलाई शुक्रबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बलात्कार गरेको जानकारी पाएपछि शाहलाई पक्राउ गरिएको उनले बताए ।

४० वर्षीया पीडित महिलाको सेती अस्पतालमा परीक्षणपछि उनकी छोरीबाट जाहेरी लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।