धनगढी, १ मंसिर । धनगढीमा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ८८ नमुनाहरुमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका २३ सहित सुदूरपश्चिममा सोमबार २७ जनामा कोरोना देखिएको जानकारी दिए ।
उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २० जना, टीकापुर नगरपालिकाका ३ जना, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका र शुक्लाफाटा नगरपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको बताए ।

Views: 159


















