२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द : डिजिटल बैंकिङ्ग र एटीएम सेवा सञ्चालन हुने

काठमाडौं, २९ कात्तिक ।  आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

सीमित शाखा खोलेर बै‌ंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।

संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।